+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस २१ गतदेखि आईपीओ जारी गर्ने

जनवाच
३ महिना अगाडी

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । यो शेयरमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । तर तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा माघ १० गतेसम्म लम्बिनेछ ।

आवेदन घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म दिन पाइनेछ । कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ जारी गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ कराड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपियाँ बरारबको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भइसकेको छ ।

बाँकी ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत शेयर कम्पनीका कर्मचारीलाई छट्याइएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ