+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महुली लघुवित्तको एफपीओमा तीब्र आकर्षण, १७ लाख ८५ हजारले दिए आवेदन

जनवाच
३ महिना अगाडी

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको थप साधारण शेयर (एफपीओ) मा आम सर्वसाधारण लगानीकर्ताहरुको तीब्र आकर्षण देखिएको छ । कम्पनीले पुस ५ गतेदेखि पुस ९ गते (आज) सम्म एफपीओमा लगानी खुल्ला गरेको थियो । जसमा १७ लाख ८५ हजार ८ सय ५३ जनाको आवेदन परेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले जनाएको छ ।

आज अन्तिम दिन ५ बजेसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपियाँ अंकित मूल्यको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता एफपीओ निष्काशन गरेको हो ।

उक्त शेयर ४७ हजार ५ सय ३५ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउने छन् । यसरी हेर्दा १७ लाख ३८ हजार बढीको हात खाली हुने निश्चित छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ