+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ईभीमा बढ्दो आकर्षण : पाँच महिनामा ११ अर्ब २६ करोड रुपैयाँमाथिको गाडी भित्रियो

जनवाच
३ महिना अगाडी

काठमाडौं । ईभी अर्थात् विद्युतीय गाडीमा बढ्दो आकर्षणका बीच पछिल्लो समय सस्तादेखि महंगा विद्युतीय गाडीको आयातमा तीब्रता आएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा मात्र ११ अर्ब २६ करोड रुपैयाँमाथिका ४ हजार ६९५ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । जुन अघिल्लो कात्तिक मसान्तको तुलनामा एक हजार २०८ वटा बढी हो ।

कात्तिक मसान्तसम्म ८ अर्ब ३७ करोड रुपियाँ बराबरको तीन हजार ४८७ वटा ईभी नेपाल भित्रिएका थिए । तर, पछिल्लो महिना थप १२०८ युनिट विद्युतीय गाडी थपिदै चालु आर्थिक वर्षको पाँच महिनामा नेपाल भित्रिने ईभीको संख्या ४,६९५ युनिट पुगेको भन्सार विभागले जनाएको हो ।

समीक्षा अवधिमा ११ अर्ब २६ करोड ३८ लाख रुपियाँ बराबरको ईभी आयात हुँदैगर्दा ६ अर्ब ९६ करोड २८ लाख रुपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

कुन वर्गको कति ईभी आयात भए ?
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा ५० किलोवाल मोटर क्षमताका २ अर्ब ७३ करोड रुपियाँ बराबरको एक हजार ४९० युनिट ईभी आयात भएको छ ।

यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट मोटरपावरका ६ अर्ब ९३ करोड रुपियाँ बराबरका २ हजार ७५७ युनिट र १०१ किलोवाटदेखि २०० किलोवाटका एक अर्ब ५५ करोड रुपियाँ बराबरको ४४३ युनिट ईभी आयात भएका छन् ।

यस्तै समीक्षा अवधिमा २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका तीन करोड २३ लाख रुपियाँ बराबरका पाँचवटा ईभी आयात हुँदा ३०० किलोवाटमाथिका जम्मा ८३ लाख २३ हजार रुपियाँका २ युनिट मात्र ईभी भित्रिएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ