+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानी

एनआरएनलाई ढुक्क भएर लगानी गर्न मन्त्री भण्डारीको आग्रह

जनवाच
४ महिना अगाडी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपाली (एनआरएन) लाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमणमा रहेका भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा आज आयोजित स्वागत कार्यक्रममा ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

त्यहाँ सिकेको सीप र आर्जन गरेको सम्पत्ति मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीले आग्रह गरे । उनले भने, “तपाईंहरूले आर्जन गरेको सम्पत्ति ढुक्क भएर नेपालमा लगानी गर्नुस् । नेपाल सरकार पूँजीको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध छ ।”

साथै विदेशी लगानी भित्र्याउन सरकारले उपयुक्त वातावरण बनाउनका साथै लगानी सुरक्षाको प्रत्यभूति गरेको बताए । उनले लगानी प्रवद्र्धन गर्न बाधक ऐन कानुन संशोधन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

गैरआवासीय नेपालीहरूले मन्त्री भण्डारी समक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ