+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी ठगी

रवि लामिछानेको म्याद सकियो, आज अदालतमा उपस्थित गराइँदै

जनवाच
४ महिना अगाडी

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदैछ । जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको पछिल्लो ५ दिनको म्याद सकिएसँगै आइतबार जिल्ला प्रहरी कास्कीले उनलाई अदालत पेश गर्न लागेको हो ।

अभियोजन नगर्दासम्म उनलाई हिरासतमा राख्नुपर्ने भएकोले आज म्याद थपको लागि अदालतमा उपस्थित गराइने भएको हो । उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्छ । लामिछानेलाई जोशी पक्राउ परेकै मितिबाट म्याद मिलान गरिएको छ ।
योसँगै जिल्ला प्रहरी कार्यालय कास्कीले सभापति लामिछाने विरुद्ध थप ४ दिन हिरासतमा राख्न अदालतसँग अनुमति माग गर्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ