+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दमक भ्यूटावरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने– आधुनिक विकासको नमुना

जनवाच
४ महिना अगाडी

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताएका छन् । आफ्नै निर्वाचन क्षेत्रमा करिब डेढ अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको टावरको आइतबार उद्घाटन गर्दै ओली यस्तो बताएका हुन् ।

एक सय मिटर अग्लो १८ तले विजनेस कम्प्लेक्स समेत रहेको भ्यूटावरको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।

उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गरे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ