+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कीर्तिपुरमा माओवादीका उमेदवारलाई ७७९ मतले पराजित गर्दै काँग्रेसका डंगोल विजयी

जनवाच
४ महिना अगाडी

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसले आफ्नो साख जोगाएको छ । यसअघि कांग्रेसले नै जितेको यस पालिकामा उपनिर्वाचनमा पनि पुनः काँग्रेसकै उमेदवार कृष्णमान डंगोलले बाजी मारेका हुन् ।

डंगलले निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेदवार डा.शिव शरण महर्जनलाई ७७९ मत अन्तरले पराजित गरेका हुन् । बिजयी डंगोलले ५ हजार ३३४ मत पाउँदा दोस्रो भएका महर्जनले ४ हजार ५५५ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

तर, यस पालिकामा नेकपा एमाले तेस्रो बनेको छ । अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले जम्मा ४ हजार ३३७ मत प्राप्त गर्दै तेस्रो बनेका हुन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारी दिएसँगै चर्चामा आएका सफाइ अभियन्ता राजमान महर्जनले २ हजार ३६ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले १ हजार ३१४ मत पाएका छन् ।
यस्तै, दिनेश कुमार अधिकारीले १ हजार ४८ मत, राप्रपाका ध्रुव महर्जनले ९९५ मत पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ