+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गणतन्त्र सेनानी

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री क.प्रचण्डलाई गणतन्त्र सेनानीबाट सम्मान गरिँदै

जनवाच
४ महिना अगाडी

काठमाडौं । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र सेनानी सम्मानबाट सम्मानित हुने भएका छन् । इतिहासदेखी बर्तमानसम्म गणतन्त्र प्राप्तीका लागि शसस्त्र संघर्षको अग्रमोर्चामा रहेर माओवादी शसस्त्र जनआन्दोलनलाई नेतृत्व गरेको र गणतन्त्र ल्याउन मुख्य योगदान दिएको कदर स्वरुप अध्यक्ष प्रचण्डलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो ।

गणतन्त्र सेनानी कोषले यहीँ मंसिर १९ गते एक विशेष समारोहको आयोजना गर्दै गणतन्त्र सेनानी सम्मान गर्दैछ । यसअघि २०८१ मंसिर ९ गते राखिएको यस सम्मान कार्यक्रम विशेष कारणले स्थगित भएको थियो ।

नेपालमा गणतन्त्रको सपना २००७ साल र त्यसअघि र पछी भएका सानाठुला शसस्त्र प्रयासहरुमा स्पष्ट झल्किएतापनि ती सबै शहीद एवं योद्धाहरुको संघीय गणतन्त्र नेपालको सपनालाइ शाकार पार्ने कार्य २०५२ साल फागुन १ गते शुरु भएको शसस्त्र जनयुद्ध, त्यस आधारमा श्रृजना भएको ६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनले गरेको हो । गणतनन्त्र सेनानी कोषले क्रमसः इतिहासदेखि बर्तमानसम्मका योद्धाहरुलाइ सम्मान गर्दै उनीहरुको योगदानलाइ स्थापित गर्दै जाने बताएको छ ।

यसपटक गणतन्त्र सेनानी सम्मानको उद्घाटन स्वरुप कोषले गणतन्त्र नायकका रुपमा जनयुद्धका सर्बोच्च कमाण्डर तथा गणतन्त्रका प्रथम प्रधानमन्त्री क.प्रचण्डलाईसम्मान गर्न लागेको कोषले जनाएको छ । त्यसैगरी तत्कालिन जनमुक्ति सेनाका डेपुटी कमाण्डर एवं पूर्व उपराष्ट्रपती नन्दकिशोर पुन पासाब, डेपुटी कमाण्डरहरु पूर्व अर्थ एवं उर्जा मन्त्री बर्षमानपुन अनन्त, पूर्व अर्थ,गृह एवं उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर र पूर्व कृषि मन्त्री चन्द्रप्रकाश खनाल बलदेवलाई गणतन्त्र कमाण्डरको रुपमा सम्मान गर्ने कोषले जनाएको छ ।

यसैगरी यसपटक तोकिएको मापदण्डभित्र परेका बागमती प्रदेशको १३ वटा जिल्लाबाट एक–एकजना र सांस्कृतिक योद्धाबाट समेत गरी १५ जनालाई गणतन्त्र सेनानी सम्मान गरिने कोषले जनाएको छ ।

सम्मानित सबै योगदानकर्ताहरुलाई सम्मान ताम्रापत्र, दोसल्ला र योद्धाहरुको प्रतिक स्वरुप निर्मित पदकबाट सम्मान गरिनेछ । कोषले यसपछीका सम्मान कार्यक्रमहरुलाई व्यवस्थित गर्दै देशव्यापी गणतन्त्र योद्धाहरुको खोजी, सम्मान एवं उनीहरुको योगदानलाई लिपिवद्ध गर्दै जाने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ