काठमाडौं। काठमाडौं महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजि मारेको छ । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले नेपाली काँग्रेसलाई हराउँदै वडाअध्यक्षमा बाजि मारेको हो ।
आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल गरेकी हुन् । उनका निकटम प्रतिद्धोन्द्धी कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाए। नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको उक्त वडामा उपनिर्वाचन भएको हो ।
यस वडामा चुनावी प्रतिस्पर्धामा एमाले तेस्रो बनेको छ । एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत पाए । उपनिर्वाचनमा रास्ववा विजयी हुँदा कांग्रेसले आफूले पहिले जितेको वडाध्यक्ष पद गुमाउन पुगेको छ ।