काठमाडौं । आइतबार साँझ ५ बजेसम्म स्थानीय तहको उपनिर्वाचनको मत परिणाम गणना शुरु भएको छ । हालसम्म प्राप्त मत परिणाम अनुसार ५ वटा स्थानीय तहको ५ वटै वडा अध्यक्षको नजितामा नेपाली काँग्रेले सबैभन्दा बढी तीनवटामा जित निकालेको छ ।
नेपाली काँग्रेसले रोल्पाको रुन्टिगढी गाउँपालिका ४, रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ५ र दुहुँ गाउँपालिका ५ दार्चुलामा वडाअध्यक्ष जितेको छ ।
यसैगरी नेकपा एमालेले ओखलढुंगाबाट विजयको खाता खोलेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा एमालेका उमेदवारले अध्यक्षमा बाजि मारेका छन् ।
यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले कालिकोट तिलागुफा नगरपालिका ४ मा वडाअध्यक्ष जितेको छ । तर, हालसम्म गणना भएको मतपरिणाम अनुसार शीर्ष तीन राजनीतिक दलमध्येको नेकपा माओवादी केन्द्रले खाता खोल्न सकेको छैन ।