+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु भएपछि रामेछाप गोकुलगंगामा आज शोक विदा

जनवाच
४ महिना अगाडी

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको शुक्रबार सवारी दुर्घटनामा निधन भएपछि पालिकाले आइतबार गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीले आज आइतबार गाउँपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरु, शैक्षिक संस्थाहरुमा समेत शोक बिदा दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार कार्यालयहरुबाट अत्यावश्यक सेवा प्रवाह भने हुनेछ ।

मंसिर १४ गते काठमाडौंबाट गोकुलगंगा गाउँपालिका (बेताली) जाने क्रममा सिमखोलामा ना १ ज ७१२३ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ४ नम्बर वडाध्यक्ष बस्नेतसहित पाँच जनाको निधन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ