काठमाडौं । फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा एक नेपाली कम्पनी परेको छ । दुई सय कम्पनीको छनौटमा नेपाली कम्पनी ट्रु डर्मा नेपाली स्किनकेयर ब्राण्ड परेको हो । फोर्ब्स इन्डियाको प्रतिष्ठित डिग्लोबलिस्ट डिजेम्स सन् २०२४ को २०० सूचीमा उत्कृष्ट कम्पनीहरूमा ट्रु डर्मा नेपाली स्किनकेयर ब्राण्ड परेको हो ।
प्रतिष्ठित सूचीमा रहेको ट्रु डर्मा एक अग्रणी नेपाली स्किनकेयर ब्राण्ड हो । जसले भारतको प्रतिस्पर्धात्मक बजारमा एक विशेष स्थान बनाउन सफल भएको छ। सुशान्त मुरार्काद्वारा स्थापना गरिएको र दिपक जयसवालको सह–स्थापनामा बनेको ट्रु डर्माले नेपाली कम्पनीले भारतको बजारमा प्रवेश गरिसकेको छ ।
भारतमा आफ्नो उपस्थिति मजबुत बनाएकाले यसलाई ऐतिहासिक उपलब्धि हासिल गरेको मान्न सकिने कम्पनी ट्रु डर्माले बताएको छ । नेपाली प्रतिनिधि कम्पनी ट्रु डर्माको यो सफलताले अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थितिलाई अझ विशेष बनाएको कम्पनीले जनाएको छ ।
कम्पनीले शरीरको मुलायम अंग छालालाई संरक्षण गर्ने वस्तु उत्पादन गरेको थियो । गुणस्तर र ग्राहक केन्द्रितता वस्तु उत्पादन गरेको कम्पनीले पाएको यो सफलता अनुकरणीय छ । कम्पनीले आफ्नो उत्पादनलाई भारतीय बजारमा समेत विस्तार गरिरहेका छन् । भारतीय उपभोक्ताको रुची बुझ्दै र डिजिटल मार्केटिङलाई सही ढंगले उपयोग गर्दै आएको कम्पनीले सफलता पाएको हो ।
कम्पनीको सफलतासँगै खुशी व्यक्त गर्दै मुरार्काले भने, ‘यो उपलब्धि नेपाली उद्यमशीलतालाई विश्वभर फैलाउने अवसरको रुपमा लिएको छु । ऐतिहासिक उपलब्धि ट्रु डर्माको डिग्लोबलिस्ट डिजेम्स २०० मा समावेश हुनु यसको संस्थापकहरूको दूरदृष्टि, दृढता रहेको छ ।’
उद्यमशील व्यक्तिहरूको लागि प्रेरणा स्रोत बन्न सक्ने र योजना र नवीनतासँग स्थानीय ब्राण्डहरूले विश्वव्यापी पहिचान प्राप्त गर्न सक्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।
दुई नेपाली युवा मुरार्का र जयसवालले नेपाललाई अन्तर्राष्ट्रिय बजामा यहीँ उत्पादनमार्फत चिनाउन सफल भएका छन् ।