+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निगम

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?

जनवाच
७ महिना अगाडी

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले ३१ अक्टोबर, २०२४ ( कार्तिक १५, २०८१) मा पठाएको नयाँ मूल्य सूचि अनुसार डिजेल र मट्टीतेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरेको निगमले जनाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर रु. ० २५, डिजेलमा रु.१.०४ ले र मट्टितेलमा रु. २.२४ घटेर आएको छ भने हवाई इन्धनमा रु. ३.२३ र एल. पि. ग्यासमा प्रति सिलिण्डर रु. ५५.७० ले बढेर आएको छ।

निगम संचालक समितिको कात्तिक १५ गतेको निर्णय बमोजिम डिजेल र मट्टीतेलमा समान प्रतिलिटर १ रुपियाँ घटाएको छ भने पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको छ । योसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपियाँ कायम भएको छ ।

घटेको मूल्य आजै राति १ बजेदेखि लागू हुने समेत निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ