काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाउने भएको छ । निजी क्षेत्रको छाता संस्था इप्पानले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी माघ ४ गते काठमाडौंमा भव्य कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
वि.स. २०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्वपूणर् २५ वर्ष समर्पीत गरेको छ । देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूणर् योगदान रहेको छ । देशको कुल विद्युत जडित क्षमता ३२३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागीतामा मात्रै २५४८ मेगावाट अर्थात कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन हुनुका साथै ३९४७ मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४५४५ मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।
त्यस्तै १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेका छन् भने त्यतिनै क्षमताका आयोजनाहरु अध्ययनको विभभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरुको अध्ययन देखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने सरकारलाई वार्षिक खर्बौ रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुर्याइरहेको इप्पानले बताएको छ ।
गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुर्याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको छ ।
देशव्यापी रुपमा विद्युत उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्वपूणर् योगदान पुर्याएको
संस्थाको रजत जयन्तीको अवसर पारेर इप्पानले २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका समेत प्रकाशन गर्ने र विभिन्न विधामा अवार्ड वितरण गर्ने इप्पानले जनाएको छ ।
संस्थाको १८७ औं बैठकले औपचारिक निणर्य गर्दै रजत जयन्तीको लागि छुटै लोगो र नारा समेत अनुमोदन गरेको छ । इप्पानको रजत जयन्तीको नारा ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ रहेको छ ।