+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनतेरसको धार्मिक महत्व

आज सुनको असर्फी बेच्दै राष्ट्र बैंक, एक व्यक्तिले २.५ ग्राम मात्र किन्न पाउने

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनका असर्फी बिक्री गर्दैछ । तिहारको धनतेरसको अवसरमा केन्द्रीय बैंकले मंगलबार विहान ११ बजेदेखि ४ बजेसम्म सुनका असर्फी बिक्री गर्न लागेको हो ।

चाँदीका सिक्का, मेडालियन तथा स्मारिका कात्तिक ११ गतेदेखि नै बिक्री वितरण गरिरहेपनि सुनका असर्फी भने आज एकदिन मात्र बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।

एक व्यक्तिले २.५ ग्राममा किन्न पाउने

आज धनतेरसका दिन सुनचाँदीका असर्फीको माग ठूलो रहने भएपनि असर्फी, सिक्काको सीमितताका कारण बिक्रीको समय र परिमाणमा कोटा तोकिएको राष्ट्र बैंकले जनाएको छ । आज एकदिन मात्र सुनको असर्फी बिक्री गर्ने जनाएको राष्ट्र बैंकले एक व्यक्तिका लागि २.५ ग्राम अर्थात् एउटा मात्र सुनको असर्फी उपलब्ध गराइनेछ ।

यता चाँदीको सिक्का तथा तक्मा भने माग अनुसार नै उपलब्ध गराउने बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य भने आज कायम हुने सुनको बजार मूल्य अनुसार नै हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ