+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डी.पी दाहालको मौलिक देउसी ‘तिहारको रमाइलो’ सार्वजनिक

जनवाच
५ महिना अगाडी

काठमाडौँ । गीतकार डी.पी दाहालको मौलिक देउसी गीत ‘तिहारको रमाइलो’ सार्वजनिक भएको छ । देउसी भइलोको पर्व तिहारलाई लक्षित गर्दै सार्वजनिक गीतमा सविन लिम्बुको संगीत तथा सविन लिम्बु, रोजिना बस्नेत र डि.पि.दाहालको स्वर रहेको छ ।

नेपाली चाड र संस्कृतिको जगेर्ना गर्दै मनोरञ्जन दिने हिसाबले छमछमी नाच्दै, मिठो देउसी भट्याउँदै ल्याइएको मौलिक देउसी गीतको म्युजिक भिडियोमा स्मारीका ढकाल, सुरेश कोइल लगायतको अभिनय छ ।

रीता सिम्खडा दाहालको प्रस्तुती रहेको गीतको म्युजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । राहुल बराइलीको कोरीयोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीत सिलन लम्सालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ