+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

विकासका लागि वित्त’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली मेड्रिडमा, सेभिल्लातर्फ प्रस्थानको तयारी

जनवाच
९ घण्टा अगाडी

मेड्रिड, १५ असार –प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको राजधानी मेड्रिड आइपुग्नु भएको छ। उहाँ संयुक्त राष्ट्रसंघद्वारा आयोजित ‘विकासका लागि वित्त’ (Financing for Development) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन आएका हुन्।

शनिबार राति कतारको दोहा हुँदै मेड्रिड अवतरण गरेको प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डललाई मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरे।

प्रधानमन्त्री ओलीले आजै साँझ सम्मेलनको आयोजना स्थल सेभिल्ला प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा नेपालको तर्फबाट विकास र वित्तीय नीतिका सन्दर्भमा अन्तर्राष्ट्रिय सहयोग, दिगो आर्थिक वृद्धिमा पहुँच र समावेशी लगानीका विषयहरू उठाउने छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ