+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

हकप्रद शेयरमा उल्लेख्य माग, सन नेपाल लाइफका बाकी सेयर अब लिलामीमा

जनवाच
८ घण्टा अगाडी

काठमाडौं, असार १२ – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद शेयरमा उल्लेखनीय सहभागिता देखिएको छ । कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म बिक्री खुला गरेको १ः०.२७ अनुपातको हकप्रद शेयरमा ३ लाख ९० हजारभन्दा बढी शेयरधनीले आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । यसमध्ये, १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता शेयर रीतपूर्वक आवेदन दिएका योग्य शेयरधनीहरूलाई बाँडफाँट गरिएको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको बिक्री व्यवस्थापनमा रहेको उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाएका थिए । बाँडफाँट सम्पन्न भएपछि बाँकी रहेको २ लाख २४ हजार ७२८ कित्ता शेयर अब लिलामी प्रक्रियामार्फत बिक्री गरिनेछ ।

लिलामीको प्रक्रिया तथा मिति कम्पनीले चाँडै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । लगानीकर्ताबीच विश्वास बढ्दै गएको सन्देश दिँदै, यो हकप्रद शेयर निष्कासनलाई कम्पनीको वित्तीय मजबुतीतर्फ एक सकारात्मक संकेतको रूपमा लिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ