+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

अनमोल केसी र पल शाह कतारको कार्यक्रममा एउटै फ्रेममा: प्रतिस्पर्धा होइन सहकार्यतर्फ संकेत

जनवाच
९ घण्टा अगाडी

काठमाडौं, जेठ २५ – नेपाली सिने जगतका दुई स्टार अनुहार—अनमोल केसी र पल शाह—पहिलोपटक एउटै मञ्चमा देखिएपछि नेपाली मनोरञ्जन क्षेत्रको ध्यान एकाएक कतारतर्फ मोडिएको छ। ‘प्रतिस्पर्धी’को रूपमा हेिँदै आएका यी दुई कलाकारले कतारको दोहामा भएको ‘म्युजिकल हंगामा २०२५’ कार्यक्रममा देखाएको आत्मीयता र सम्मानले नयाँ सम्भावनाको ढोका खोलेको संकेत गरेको छ।

एयरपोर्टदेखि कार्यक्रमस्थलसम्म, स्टेजदेखि पर पर्दा पछाडिसम्म अनमोल र पलबीच देखिएको हार्दिकता केवल फोटोको फ्रेममै सीमित रहेन, उनीहरूबीच नम्बर साटासाटदेखि भावी सहकार्यको संकेत पनि देखिएको स्रोतको दाबी छ।

पलले स्टेजमा उर्जाशील प्रस्तुति दिएपछि अनमोलले स्टेजनजिक पुगेर बधाई दिनु, दर्शकदीर्घाबाट प्रस्तुति नियाल्नु र एकअर्काको खुलेर प्रशंसा गर्नु यी सबैले दुई स्टारबीच बर्फ पग्लन थालेको झल्को दिएको छ।

यसअघि कुनै पनि प्रोजेक्टमा नदेखिएका यी दुई अभिनेताबीच यो पहिलो सार्वजनिक अन्तरक्रियाले नेपाली फिल्म उद्योगमा स्टार कोलाबोरेशन   हुनसक्ने सम्भावना जगाएको छ।

कतारमा ८ हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अनमोलले ‘मीट एन्ड ग्रीट’ मार्फत आफ्ना फ्यानसँग भेटघाट गरे भने पल शाहले स्टेजमा धमाकेदार डान्स प्रस्तुत गरे। त्यसमाथि अनमोलका पिता भुवन केसी र जिया केसीको रोमान्टिक प्रस्तुति कार्यक्रमको आकर्षण बन्यो।

यसपटकको कार्यक्रममा नेपाली कलाकार मात्र होइन, भोजपुरी क्षेत्रका सुपरस्टार खेसारीलाल यादव, अमरपाली दुबे जस्ता कलाकार पनि सहभागी थिए। नेपालबाट स्वस्तिमा खड्का र गायिका अस्मिता अधिकारीजस्ता चर्चित अनुहारले कार्यक्रमलाई अझ बहुरंगी बनाएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ