+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

कृषि संसदीय समितिको बैठक सिंहदरबारमा बस्दै

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, जेठ ५ –संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति आज बिहान सिंहदरबारमा बैठकमा बस्दैछ। सचिवालयका अनुसार, बैठक बिहान ८:३० बजेका लागि बोलाइएको छ।

आजको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि गहन छलफल गरिने जनाइएको छ। कृषि तथा प्राकृतिक स्रोत क्षेत्रको नीतिगत सुधार, सहकारी प्रणालीको सुदृढीकरण र पर्यावरणीय स्रोतको दिगोपनाबारे छलफल हुने छ।

समितिले हालसम्मका नीति, कार्यान्वयनको अवस्था र सिफारिसहरूलाई समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन नीति निर्माणका लागि मार्गदर्शक दस्तावेज हुने जनाएको छ। विशेषगरी जलवायु परिवर्तन, खाद्य सुरक्षाको चुनौती, मल संकट, सहकारीमा देखिएका अनियमितता लगायत विषयहरूमा सुझाव तथा समाधानको खोजी हुने छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ