+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो

जनवाच
३ घण्टा अगाडी

काठमाडौं, ४ जेठ —नेपालको हवाई क्षेत्रमा नियमन र सेवा प्रवाहको स्पष्ट विभाजन गर्ने उद्देश्यले सरकारद्वारा प्रस्तावित दुई विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा छलफलका लागि पठाइएको छ। यो कदमलाई हवाई क्षेत्र सुधारको निर्णायक सुरुआत का रूपमा हेरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आइतबारको प्रतिनिधि सभा बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ र ‘नेपाल हवाई सेवा प्राधिकरण’ सम्बन्धी दुई विधेयक पेश गरेपछि त्यसलाई दफावार छलफलका लागि पठाउने प्रस्ताव गरेका थिए। सभामुख देवराज घिमिरेले ध्वनि मतबाट सर्वसम्मत पारित भएको घोषणा गरेका हुन्।

यी विधेयकहरूमार्फत वर्तमान नागरिक उड्डयन प्राधिकरण (CAAN) लाई दुई स्वतन्त्र निकायमा विभाजन गर्ने तयारी छ।

  • नेपाल नागरिक उड्डयन प्राधिकरण: नियमन तथा नीति निर्माण गर्ने जिम्मेवारीमा रहनेछ।

  • नेपाल हवाई सेवा प्राधिकरण: हवाई सेवा प्रवाह, विमानस्थल व्यवस्थापन र सम्बन्धित सेवा सञ्चालन गर्ने पक्षमा केन्द्रित हुनेछ।

अब दुवै विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पठाइएका छन्। समिति चरणमा विधेयकहरूमाथि दफावार छलफल हुनेछ र आवश्यक संसोधनसहित पुनः प्रतिनिधि सभामा प्रतिवेदनसहित पेस गरिनेछ।

सरकारले यस संरचनात्मक सुधारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरिसकेको छ। यसको अर्थ, विधेयक पारित भएलगत्तै कार्यान्वयनमा लैजाने तयारी भइरहेको संकेत  देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ