+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

रवीन्द्र मिश्रको सर्वोच्चमा सुनुवाइ, आज चुँडाल र श्रेष्ठको इजलासमा मुद्दा

जनवाच
५ घण्टा अगाडी

काठमाडौं, जेठ २ — दुई महिनादेखि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाइका लागि दायर गरिएको बन्दी प्रत्यक्षीकरण (हबियस कर्पस) रिट आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

उक्त मुद्दा न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको छ। मिश्रकी पत्नी सारिका कार्की मिश्रले रिट दायर गरेकी हुन्।

यसअघि बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिँदै, कारण देखाऊ आदेश जारी गरेको थियो। सोही आदेशअनुसार बिहीबार साँझ उनलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ