काठमाडौँ, जेठ २ — नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। तीन हजार रुपैयाँले बढेर सुनको नयाँ मूल्य प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा यो मूल्यवृद्धि निकै ठूलो हो। हिजो सुन १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भई प्रति तोला १ हजार ९४५ रुपैयाँमा पुगिसकेको छ।