+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पाल्पामा जिप दुर्घटना तिनजनाको मिर्तु , दुई घाइतेको अस्पतालमा उपचार

जनवाच
७ घण्टा अगाडी

१५ वैशाख, पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा आइतबार राति एक दुखद जिप दुर्घटनामा तीन जना युवाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्।

लु ३ च २३५७ नम्बरको जिप असारेबाट ठूलोपोखरीतर्फ जाँदै गर्दा राति करिब १०ः१० बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए।

दुर्घटनामा २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

जिप चालक २७ वर्षीय रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा भने दुर्घटनामा गम्भीर घाइते भएका छन् र उनीहरूलाई मिसन अस्पताल पाल्पामा उपचार गराइँदैछ।

प्रहरीका अनुसार घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको छ। स्थानीय बासिन्दाले दुर्घटनापछि उद्धार कार्यमा सक्रिय भूमिका खेलेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ