+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

शिक्षक आन्दोलनमा बल प्रयोगप्रति शेखर कोइरालाको आक्रोश : सरकारको कुशासन प्रष्ट देखियो

शिक्षक आन्दोलनको दीर्घकालीन असर शैक्षिक भविष्यमा पर्ने भन्दै कोइरालाले सबै पक्षलाई संवाद र सहमतिमा जोड दिएका छन्।

जनवाच
८ घण्टा अगाडी

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले शिक्षकहरूमाथि सरकारले बल प्रयोग गरेकोप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले शिक्षकको माग शान्तिपूर्ण वार्ताबाट सम्बोधन गर्नुपर्नेमा बलपूर्वक दमन गर्नु सरकारले देखाएको कुशासनको ज्वलन्त उदाहरण भएको बताएका छन्।

कोइरालाले झण्डै एक महिनादेखि शिक्षा ऐनको माग गर्दै सडकमा रहेका शिक्षकहरूसँग सरकारले संवाद नगरेर समस्या झन जटिल बनाएको आरोप लगाए। उनले भने, “पठनपाठन ठप्प भएको छ, सरकारी भर्ना अभियान रोकिएको छ, कक्षा १२ को परीक्षा समेत प्रभावित भएको छ। यस्तो संवेदनशील अवस्थामा शिक्षकहरूसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्नु सरकारको दायित्व हो।”

शिक्षकहरूलाई पालिकाको दबाबमा धम्क्याउने र प्रहरी बल प्रयोग गरेर आन्दोलन दबाउने काम हुनु दुर्भाग्यपूर्ण भएको कोइरालाको टिप्पणी छ। उनले चेतावनी दिँदै भने, “अब धेरै ढिला भइसकेको छ। सरकार एक-दुई दिनभित्रै वार्ताबाट समाधान खोज्न तयार नभए अवस्था थप बिग्रन सक्छ।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ