+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जम्मु कश्मीरमा हिन्दूमाथिको आतंककारी आक्रमणप्रति पूर्वराजा ज्ञानेन्द्रको भर्त्सना

जनवाच
१२ घण्टा अगाडी

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा हिन्दू तीर्थयात्रीहरूमाथि भएको आतंककारी आक्रमणप्रति गहिरो दुःख र आक्रोश व्यक्त गर्नुभएको छ।

शनिबार जारी एक समवेदना सन्देशमार्फत पूर्वराजा शाहले आक्रमणमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको हो। शाहले घटनामा एक नेपाली नागरिकसहित धेरै निर्दोष तीर्थयात्रीहरूले ज्यान गुमाएकोप्रति गहिरो पीडा व्यक्त गर्दै भन्नुभएको छ, “वसुधैव कुटुम्बकम् भन्ने आदर्शलाई ठेस पुर्याउने यस्ता आतंकी अपराधहरु घोर निन्दनीय छन्।”

पूर्वराजाले सनातन वैदिक परम्पराले सिकाउने मानवीयता र सहअस्तित्वको मूल्य विपरीत यस्तो जघन्य अपराध हुनु गम्भीर पाप कर्म भएको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा भनिएको छ, “वसुधैव कुटुम्बकम्” को दिव्य मान्यतामा विश्वास गर्ने समुदायलाई लक्षित यस्ता घटनाले सम्पूर्ण हिन्दू समाजलाई मर्माहत बनाएको छ।”

पूर्वराजा शाहले यस्तो अमानवीय घटनाको अन्तर्राष्ट्रियस्तरमै निन्दा र भर्त्सना हुनु पर्ने धारणा व्यक्त गर्नुभएको छ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा घटनाका पीडितप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गरिएको छ र यस्ता आतंककारी गतिविधिहरू विरुद्ध सशक्त आवाज उठाउन आह्वान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ