+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

मन्त्रीपरिषद हेरफेर : शिक्षा मन्त्रालयमा रघुजी पन्त नियूक्त, उर्जा राज्यमन्त्री तामाङ पदमुक्त

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, १० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा आंशिक पुनर्संरचना गरेका छन्। मन्त्रिपरिषद हेरफेरसँगै अब यो २४ सदस्यीय बनेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका नेता रघुजी पन्तलाई दिइएको छ। पूर्वमन्त्री विद्या भट्टराईको राजीनामापछि रिक्त भएको मन्त्रालयमा पन्तको प्रवेशसँगै नयाँ नेतृत्वको अपेक्षा बढेको छ। पन्तको शपथग्रहण कार्यक्रम भोलि बिहीबारका लागि तय गरिएको छ। उनी मन्त्रिपरिषदको बरियतामा आठौं स्थानमा रहने छन्।

यसैबीच, ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई पदबाट हटाइएको छ। यद्यपि, राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको पत्रमा उनको नाम प्रत्यक्ष उल्लेख नगरिएको हो।

विश्वस्त स्रोतका अनुसार तामाङले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा खुलेर बोल्दै विभागीय मन्त्री दीपक खडकालाई कार्यसम्पादनमा असहज बनाएको भन्दै उनलाई पदमुक्त गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ