+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री र फुटबल स्टार कार्लाेसको भेट

जनवाच
६ घण्टा अगाडी

काठमाडौँ, १० वैशाख – विश्वविजेता ब्राजिली फुटबल खेलाडी रोबर्टो कार्लाेसको नेपाल आगमनले केवल ‘एनएसएल’ को रंग मात्र बढाएन, कूटनीतिक सद्भाव र खेलकुदमार्फत राष्ट्रबीचको सम्बन्ध विस्तारको पनि सन्देश दियो। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्लाेसबीचको भेटले नेपाल–ब्राजिल सम्बन्धलाई खेलकुदको माध्यमबाट अझ सशक्त बनाउने संकेत दिएको छ।

प्रधानमन्त्री ओलीले कार्लाेसलाई नेपालमा स्वागत गर्दै भन्नुभयो, “तपाईंको आगमनले नेपाली खेलकुद क्षेत्र र विशेष गरी युवालाई नयाँ ऊर्जा र प्रेरणा दिनेछ।” उहाँले नेपाल–ब्राजिलबीचको मित्रवत् सम्बन्धको सन्दर्भमा खेलमार्फत दुई देशले अनुभव साटासाट गर्नुपर्नेमा जोड दिनुभयो।

कार्लाेसले पनि नेपाली आतिथ्यताको प्रशंसा गर्दै प्रधानमन्त्रीसँगको भेट आफूका लागि स्मरणीय रहेको बताए। “नेपालको प्राकृतिक सुन्दरता र यहाँका मानिसको आत्मीयताले मन्त्रमुग्ध बनायो,” उनले भने। प्रधानमन्त्री ओलीले उनलाई पुनः नेपाल भ्रमण गर्न आमन्त्रण गर्दै माउन्टेन फ्लाइट र चितवनको जंगल सफारीको प्रस्ताव पनि राख्नुभएको थियो, जुन प्रस्तावप्रति कार्लाेसले उत्सुकता व्यक्त गरे।

एनएसएलको तेस्रो सिजनको विशेष पाहुनाका रूपमा काठमाडौँ आइपुगेका कार्लाेसको उपस्थितिले नेपाली फुटबलप्रतिको अन्तर्राष्ट्रिय ध्यान तानिएको छ। खेल हेर्न मात्र नभई, नेपाली युवा र फुटबलप्रेमीहरूसँग साक्षात्कार गर्न आएको कार्लाेसको आगमनलाई ‘खेल कूटनीति’ को उत्कृष्ट नमूना मानिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ