+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुलमान कनेक्सन’ ले तामाङको बर्खास्त, शिक्षा मन्त्रालयको जिम्मा अब रघुजी पन्तको काँधमा

जनवाच
५ घण्टा अगाडी

 काठमाडौं – राजनीतिक वृत्तमा चर्चाको विषय बनेका उर्जा राज्यमन्त्री कान्छाराम तामाङ अन्ततः मन्त्रिमण्डलबाट बाहिरिए। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार तामाङलाई पदबाट बर्खास्त गरेका हुन्।

सूत्रहरूका अनुसार तामाङमाथि आफ्नै मन्त्री दीपक खडकासँग असहयोग गर्दै पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षपोषण गरेको आरोप लाग्दै आएको थियो। यही ‘घिसिङ कनेक्सन’ ले उनको पद गुमाएको चर्चा चुलिएको छ।

यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि ठूलो फेरबदल भएको छ। मन्त्री विद्या भट्टराईको स्थानमा नेकपा नेता रघुजी पन्तलाई नियुक्त गरिएको छ। पन्तले मंगलबार राष्ट्रपति कार्यालयमा सपथ लिने कार्यक्रम तय भएको छ।

भट्टराईको कार्यशैलीप्रति दलभित्र असन्तुष्टि बढ्दै गएको बेला पन्तको नियुक्ति नयाँ ऊर्जा र विश्वासको संकेतका रूपमा हेरिएको छ।

हालको निर्णयले प्रधानमन्त्री ओली कार्यशैलीमा कडाइ ल्याउने मोडमा प्रवेश गरेको संकेत देखिएको छ। मन्त्रीका मातहत रहने राज्य मन्त्रीहरूबाट गम्भीरता र समन्वय अपेक्षित छ, नत्र पद जोगिन कठिन हुने सन्देश तामाङको बर्खास्तीले दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ