+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य/जीवनशैली

बिहानको नाश्तामा यी ४ गल्ती नगर्नुहोस्, नत्र स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ

जनवाच
२ दिन अगाडी

२ वैशाख, काठमाडौं — बिहानको सुरु नै गलत नाश्ताबाट भयो भने, त्यसको असर तपाईंको सम्पूर्ण दिनमा मात्र होइन, दीर्घकालीन स्वास्थ्यमा पनि गम्भीर रूपमा पर्न सक्छ। एकातिर बिहान खाली पेटमा खानु पर्ने कुराले शरीरलाई ऊर्जा र स्फूर्ति दिनुपर्छ, अर्कोतिर गलत खानेकुराले मोटोपना, मधुमेह, उच्च रक्तचापजस्ता समस्या निम्त्याउन सक्छ।

पोषण विशेषज्ञहरूका अनुसार, कतिपय खानाले बिहान तात्कालिक ऊर्जा त दिन्छ, तर त्यसपछि ऊर्जा एक्कासी घट्छ, भोक नियन्त्रणमा रहँदैन, र तनावसमेत बढ्न सक्छ। त्यसैले बिहानको खाजामा विशेष ध्यान दिनु आवश्यक छ।

यी ४ खानेकुरा बिहानको खाजाबाट टाढै राख्नुहोस्

  1. ब्यागेल्स र क्रोइसेन्टजस्ता परिष्कृत कार्बोहाइड्रेट
    यी उत्पादनहरूमा न त फाइबर हुन्छ, न प्रोटीन, न त स्वास्थ्यवर्धक चिल्लो पदार्थ। यस्तो खाजाले चाँडै भोक लाग्ने बनाउँछ र मोटोपनाको खतरा बढाउँछ।
  2. कफी (विशेषगरी खाली पेटमा)
    कफीले शरीरको कोर्टिसोल र तनाव सम्बन्धी हार्मोनमा असर गर्छ। बिहान खाली पेटमा लिएको कफीले भोक कम गराउँछ र पाचन प्रणालीलाई समेत असर पुर्‍याउन सक्छ।
  3. स्मूदी बल वा असई बल
    हेल्दी देखिए पनि यी स्मूदी बलमा अत्यधिक क्यालोरी हुन्छ, तर आवश्यक पोषक तत्व भने कम। यसले शरीरलाई चाँडै स्फूर्ति दिने भए पनि दीर्घकालमा नोक्सान पुर्याउन सक्छ।
  4. चिनीयुक्त सिरियल र डोनटजस्ता खानाहरू
    बिहान चीनीको अत्यधिक मात्रा लिँदा शरीरमा तुरुन्तै ऊर्जा आउँछ तर त्यो उस्तै छिटो घट्छ पनि। परिणामस्वरूप, दिनभर थकान महसुस हुन्छ र फेरि फेरि भोक लाग्ने चक्र सुरु हुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ