+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

वाणिज्य विभागले अनुगमनलाई तीव्रता दियो , २० उद्योगको कारोबार रोक्का

जनवाच
६ दिन अगाडी

काठमाडौं, चैत २८ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अनुगमनको प्रक्रिया तीव्र पारेको छ। यसै क्रममा, विभागले थप चार वटा तार उद्योगको कारोबार रोक्का गरेको छ। यस महिना भरि, विभागले १५० उद्योगको अनुगमन गर्दै २० भन्दा बढी उद्योगहरूको कारोबार रोक्का गरेको छ।

आज रोक्का गरिएका उद्योगहरूमा जनता केवल इन्डस्ट्री प्रा.ली., युनाइटेड वायर एन्ड केवल इन्डस्ट्री प्रा.ली., प्राइम केवल इन्डस्ट्री प्रा.ली. र राठी ब्रान्डको अन्नपूर्ण केवल्स प्रा.ली. रहेका छन्। यी उद्योगहरूलाई भोटाहिटी क्षेत्रमा अनुगमन गर्दा उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नदिएको पाइएपछि कारोबार रोक्का गरिएको हो।

विभागका महानिर्देशक कुमार दहालले भने, “हामीले मागेका सबै कागजात र नमुना सहित विभागमा उपस्थित भएमा कारबाही फुकुवा गर्नेछौँ। यसअघि रोक्का गरिएका केही उद्योगहरूको कारबाही फुकुवा पनि गरिएको छ। अनुगमन कार्य हरेक दिन जारी रहनेछ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसै क्रममा, विभागले सबै सामग्रीहरूमा (एमआरपी) अनिवार्य गरेको छ, सिमेन्टका बोरामा (एमआरपी) राख्नका लागि उद्योगीहरूले केही दिनको समय माग गरेका थिए, जसको समय अब सकिन लागेको छ। आगामी वैशाख १ गतेदेखि सिमेन्टमा पनि (एमआरपी) राखिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ