+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

युरो चुलिँदै, डलर स्थिर—विनिमय दरले के बताउँछ?

जनवाच
२ दिन अगाडी

२ वैशाख, काठमाडौं — विदेशी मुद्राको विनिमय दरले आर्थिक धाराहरूको संकेत दिने गर्छ। युरोपेली युरोको मूल्यले पछिल्ला केही दिनदेखि निरन्तर उकालो समाउँदै गर्दा अमेरिकी डलर भने स्थिर रहेको छ, जसले नेपालमा विदेशी मुद्रा प्रवाह, आयात–निर्यात र रेमिटेन्स प्रभावित पार्ने निश्चित देखिन्छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमय दर अनुसार, युरोको खरिद दर १५६ रुपैयाँ ४६ पैसा र बिक्री दर १५७ रुपैयाँ १४ पैसा पुगेको छ। यो दर सोमबारको तुलनामा ४० पैसाको वृद्धिसहितको दर हो, जसले युरोपसँग व्यापार गर्ने व्यवसायीका लागि लागत बढाउने देखिन्छ।

अमेरिकी डलर भने केही दिनदेखि स्थिर अवस्थामा छ। हाल एक डलरको खरिद दर १३७ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ ९७ पैसा कायम छ। स्थिर भए पनि डलरमा सानो हेरफेरले पनि तेल, औषधि र इलेक्ट्रोनिक्स जस्ता प्रमुख आयात प्रभावित हुनसक्ने भएकोले व्यवसायिक समुदाय सतर्क देखिन्छ।

अन्य प्रमुख मुद्राहरूको दर पनि उकालोछ।

यूके पाउण्ड स्ट्रलिङ: खरिद दर १८१.२७ र बिक्री दर १८२.०७

स्वीस फ्र्याङ्क: खरिद दर १६७.६९ र बिक्री दर १६८.४२

क्यानेडियन डलर: खरिद दर ९९.१५ र बिक्री दर ९९.५८

सिङ्गापुर डलर: खरिद दर १०४.४२ र बिक्री दर १०४.८८

एशियाली मुद्राहरूमा भने तुलनात्मक रूपमा स्थिरता देखिएको छ:

जापानी येन (१० इकाइ): खरिद दर ९.६० र बिक्री दर ९.६४

चिनियाँ युआन: खरिद दर १८.७९ र बिक्री दर १८.८७

भारतीय रुपैयाँ (१०० इकाइ): खरिद दर १६० र बिक्री दर १६०.१

विदेश यात्रा गर्ने, आयात गर्ने व्यवसायी, वैदेशिक अध्ययन गर्ने विद्यार्थी तथा रेमिटेन्समा आश्रित नागरिकका लागि यी दरहरू प्रत्यक्ष प्रभाव पार्नेछन्। मुद्रा साट्ने बेलामा सावधानी अपनाउन र अद्यावधिक दर हेर्न राष्ट्र बैंकको वेबसाइट हेर्न सुझाव दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ