+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

देशको अर्थतन्त्रमा अग्रणी भूमिका: नबिल बैंकको कर योगदानले पायो दोहोरो सम्मान

दुई प्रतिष्ठित निकायबाट पाएको सम्मानले नबिल बैंकको करदाताको भूमिकामात्र होइन, देशप्रतिको दायित्वबोधलाई समेत पुष्टि गरेको छ ।

जनवाच
१ हप्ता अगाडी

काठमाडौँ । मुलुकको आर्थिक मेरुदण्ड मानिने बैंकिङ्ग क्षेत्रमा नबिल बैंक लिमिटेडले कर प्रणालीप्रति देखाएको उत्तरदायित्वले उसलाई राष्ट्रिय तहमा उदाहरणीय संस्था बनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस, २०८१ को विशेष कार्यक्रममा नबिल बैंकलाई सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान गरिँदा, यो सम्मान केवल कर तिर्ने विषयमा सीमित नरही बैंकको जिम्मेवार वित्तीय अभ्यासको मान्यता समेत बन्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सम्मानपत्र ग्रहण गरे । यो सम्मान नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा सबै बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरूमध्ये सर्वाधिक कर दाखिला गरेको आधारमा प्रदान गरिएको हो ।

विशेष कुरा के छ भने, यही आर्थिक योगदानलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि यस वर्षको ‘राष्ट्रिय कर दिवस’ मा नबिल बैंकलाई पुनः सम्मानित गरेको थियो ।

नबिल बैंकले देखाएको पारदर्शिता, करप्रति प्रतिबद्धता र राष्ट्रको आर्थिक विकासमा देखाएको सक्रिय सहभागिताले अबका दिनमा अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई पनि प्रेरणा दिने देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ