काठमाडौँ, १४ चैत । आजको दिन तपाईँको लागि कस्तो रहनेछ? राशिफलका आधारमा आजको संभावित घटनाक्रम, अवसर, चुनौती र उपायबारे जानकारी लिऔँ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पारिवारिक र सामाजिक सम्बन्ध सुदृढ हुने समय छ। कार्यक्षेत्रमा विशेष अवसर प्राप्त हुने सम्भावना छ। आध्यात्मिक यात्राबाट शान्ति मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ अवसर प्राप्त गर्ने दिन हो। आर्थिक पक्ष सबल हुने संकेत छ। अचानक धन प्राप्तिको सम्भावना छ। व्यापार व्यवसायमा लाभदायक निर्णय लिन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ज्ञान र सीप वृद्धि हुने दिन छ। अध्ययन तथा प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्नेछ। नयाँ सिकाइले भविष्यमा ठूलो लाभ दिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सम्बन्धलाई सुधार गर्नुपर्ने समय हो। आत्मविश्वास र धैर्य अपनाउनु आवश्यक छ। आवेगमा निर्णय लिँदा समस्या निम्तिन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा सहजता आउनेछ। पुराना मित्रहरूसँग भेटघाटले खुसी ल्याउनेछ। आत्मविश्वास बढ्नेछ। महत्त्वपूर्ण निर्णय लिन सकिने दिन हो।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ अवसरहरूको खोजीमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा प्रतिष्ठा बढ्नेछ। अध्ययन र ज्ञानको क्षेत्रमा लगनशीलता बढ्ने संकेत छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोग गर्ने र लिने दिन हो। नयाँ अवसरको खोजी गरिनेछ। असम्भव देखिएका कार्यहरू सफल हुन सक्छन्। पारिवारिक वातावरण सुमधुर रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जोखिमपूर्ण निर्णयहरू आजका लागि टार्नु राम्रो हुनेछ। आर्थिक बोझ बढ्ने सम्भावना छ। धैर्यपूर्वक परिस्थितिको सामना गर्नु आवश्यक छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ अवसरहरू प्राप्त हुने दिन छ। पारिवारिक सुख मिल्नेछ। वैवाहिक जीवनमा सुमधुरता आउनेछ। मनोरञ्जनका अवसरहरू बढ्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार तथा व्यवसायमा राम्रो उपलब्धि प्राप्त हुनेछ। नयाँ क्षेत्रमा लगानी गर्दा सफलता प्राप्त हुने सम्भावना छ। तर, निर्णयमा विशेष ध्यान दिनुपर्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ ज्ञान प्राप्त गर्ने समय हो। परिवारसँग समय बिताउन पाइनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू सिर्जना हुन सक्छन्। आत्मनिर्भर बन्ने अवसर मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारमा नयाँ सदस्यको आगमन हुन सक्छ। मन हलुका र शान्त रहनेछ। मेहनत अनुसारको सफलता मिल्नेछ। तर, धैर्य आवश्यक पर्नेछ।