+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

नेपाल लाइफको रणनीतिक सन्देश: बीमा बजार विस्तार र सेवा सुधारतर्फ दृढ संकल्प

कम्पनीको अनुसार, निकट भविष्यमा ग्राहकले बीमा सेवा शाखा पुग्नुपर्दैन—मोबाइल वा डिजिटल मञ्चमार्फत नै सेवा सहज, सरल र छरितो ढंगले लिन सक्नेछन्।

जनवाच
५ घण्टा अगाडी

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको समिक्षा र आगामी योजनाको समीक्षा गर्दै एक दिवसीय रणनीतिक समीक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बीमा बजारमा पहुँच विस्तार, सेवा प्रणालीको आधुनिकीकरण र भविष्यको रणनीतिक बाटो पहिल्याउन लक्षित कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न भएको हो।

कार्यक्रममा सञ्चालक कमलेश कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखहरूको उपस्थिति थियो।

सञ्चालक अग्रवालले जीवन बीमा क्षेत्रलाई ‘सामान्य दस्तावेजको कारोबार’ भन्दा पर, जीवनको सुरक्षाका लागि बनाइएको दूरदर्शी निर्णयको प्रतिनिधिको रूपमा व्याख्या गर्दै, बीमा कर्मीहरूले चेतना अभिवृद्धि, सेवा विश्वसनीयता र ग्राहक विश्वासमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए।

उहाँले थपे, “सफलता चमत्कार होइन, यो सामूहिक सोच, रणनीति र समर्पणको परिणाम हो।” नेपाल लाइफले हालसम्म आर्जन गरेको विश्वास र बजार हिस्सालाई भविष्यमा अझ सुदृढ बनाउन रणनीतिक सोचको खाँचो रहेको स्पष्ट गरे।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको २५ औं वर्ष प्रवेशको अवसरलाई ऐतिहासिक भन्दै, बीमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्ने दृढता व्यक्त गरे। कम्पनीले डिजिटल रूपान्तरणतर्फ चालेको कदमले बीमितहरूलाई घरमै सेवा उपलब्ध गराउने प्रणाली निर्माण भइसकेको जानकारी दिए।

नेशनल सेल्स हेड पोखरेलले बीमाको पहुँच ग्रामीणदेखि शहरी क्षेत्रमा समान रूपमा पुगोस् भन्ने उद्देश्यका साथ सेल्स टिम समर्पित भएर लागिरहेको बताए। कम्पनीको ‘भिजन ८२’ रणनीति अन्तर्गत सेवा गुणस्तर, पहुँच विस्तार र प्रतिस्पर्धात्मक नेतृत्व कायम गर्ने योजना अघि सारिएको छ।

नायव प्रमुख कार्यकारी अधिकृत कयालले बीमा उद्योगमा प्रविधिको प्रभाव र भूमण्डलीकरणको सन्दर्भ उठाउँदै, कम्पनी एआई र डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिँदै सेवामा रूपान्तरण ल्याउनेतर्फ केन्द्रित भएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ