+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

मुक्तिनाथ भ्रमणमा गयेकी अमेरिकी महिलाको अपहरण

जनवाच
३ हप्ता अगाडी

पोखरा – मुक्तिनाथ मन्दिरको भ्रमणमा नेपाल आएकी ७० वर्षीया अमेरिकी महिला अपहरणको शिकार भएकी छिन्। अपहरणको घटनामा संलग्न ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार २४ मार्चमा पोखरा महानगरपालिका-६ स्थित लेकसाइडको एक होटलबाट अमेरिकी महिला अपहरण भएको थियो। अपहरणमा संलग्न सरिता लामाले पीडित महिलालाई हेटौंडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीमा लगेर तीन लाख रुपैयाँ युरो फिरौती मागेकी थिइन्।

अमेरिकी दूतावासको सूचना प्राप्त भएपछि कास्की प्रहरी, मकवानपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली घटनामा अनुसन्धान गर्न जुटेको थियो। यसै क्रममा, प्रहरीले महिला बन्धक रहेको स्थानमा छापा मारेर उनलाई सुरक्षित रूपमा मुक्त गर्यो र अपहरणमा संलग्न सरिता लामालाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार, सोमबार महिला मित्रसँग मुक्तिनाथ भ्रमणमा गइरहेको बेला सरिता लामाले महिलालाई होटलबाट अपहरण गरेकी थिइन्। पीडितलाई बन्धक बनाएर फिरौतीको रकमको वार्ता गरिरहेको अवस्थामा उनलाई मुक्त गराइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ