काठमाडौँ। गृहमन्त्री रमेश लेखकले चाडपर्वको समयमा उपभोक्ताहरुलाई दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले बजारमा कृत्रिम अभाव हुन नदिन, मूल्यवृद्धि नियन्त्रण गर्न, अखाद्यवस्तुहरु चाडबाडको बेलामा बिक्री हुन नदिन र सवारीसाधनको भाडा वृद्धि नियन्त्रण गर्न उच्च निगरानी गर्न निर्देशन दिएका हुन्।
उनले भने, ‘चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरुको सरल र सहज पहुँच उपभोक्ताहरुलाई हुनुपर्छ । त्यसका लागि हाम्रो सहयोग कहाँनेर हुनसक्छ ?भन्नेकुरा हो । परिणाममा देखिनुप¥यो । भाषणमा देखिएर हुँदैन । परिणाममा देखनिुपर्छ । कृत्रिम अभाव कुनै हालतले पनि हुनु भएन ।’
गृहमन्त्री लेखकले कृत्रिम अभाव रोक्नका लागि प्रहरी प्रशासनको सहयोग माग गर्दै गृह मन्त्रालय पूराका पूरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।