+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

कान्समा आलिया भट्टको आगमन : बलिउडबाट अन्तर्राष्ट्रिय ग्ल्यामरको यात्रामा एक अर्को कदम

जनवाच
१ महिना अगाडी

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट अब अन्तर्राष्ट्रिय मञ्चमा झन् चम्किने तयारीमा छिन् । उनले आउँदो मे महिनामा हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा आफ्नो डेब्यू गर्ने भएकी छिन् ।

बलिउडमा आफ्नो दमदार अभिनयका कारण पहिचान बनाएकी आलियाले पछिल्ला वर्षहरूमा विश्वव्यापी चर्चा पाइरहेकी छिन् । उनले दुई वर्षअघि मेट गालामा डेब्यू गरेकी थिइन् भने अब कान्सको रेड कार्पेटमा आफ्नो उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा झन् चमक थप्नेछिन् ।

मुम्बईमा सञ्चारमाध्यमसँग कुरा गर्दै आलियाले आफू कान्स डेब्यूको लागि उत्साहित रहेको बताइन् । उनले सौन्दर्य ब्रान्डको प्रतिनिधित्व गर्दै रेड कार्पेटमा सहभागी हुने छिन् ।

यस वर्षको ७८औं कान्स फिल्म फेस्टिभल मे १३ देखि मे २४ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुनेछ ।

कामको कुरा गर्दा, आलिया हाल यशराज फिल्म्सको ‘अल्फा’ र संजय लिला भन्सालीको ‘लभ एण्ड वार’ मा व्यस्त छिन् । ‘अल्फा’ यसै वर्ष रिलिज हुने तयारीमा छ भने ‘लभ एण्ड वार’ २०२६ मा रिलिज हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ