+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

साल्ट ट्रेडिङको लाभांश प्राप्त गर्ने आज अन्तिम अवसर

जनवाच
१ महिना अगाडी

साल्ट ट्रेडिङको लाभांश प्राप्त गर्न चाहनेका लागि आज अन्तिम अवसर

काठमाडौं, फागुन २८ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश प्राप्त गर्न इच्छुक लगानीकर्ताका लागि आज अन्तिम दिन रहेको छ ।

कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले लाभांश सुरक्षित गर्न आजै सेयर खरिद गर्नुपर्नेछ ।

सरकारले फागुन २८ गते फागु पूर्णिमाको अवसरमा काठमाडौँ उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएको छ, जसका कारण बिहीबार सेयर कारोबार नहुने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो लाभांश पारित गर्न कम्पनीले चैत ११ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा वार्षिक साधारण सभा डाकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ