काठमाडौं । फागुन १ अर्थात् तत्कालिन विद्रोही माओवादीले युद्धको घोषणा गरेको दिन । वि.स.२०५२ फागुन १ गते माओवादीले उत्पीडन वर्ग, समानता, समावेशी र लोकतन्त्र र आमुल परिवर्तनका लागि भन्दै जनयुद्धको थालनी गरेको थियो ।
२०५२–२०६२ सम्म १० वर्ष युद्ध चल्यो । यसै युद्धको जगमा स्थापित नयाँ संविधान, संयीय गणतन्त्रात्मक राज्य सञ्चालन प्रणालीको विकास भयो । नेकपा माओवादीले शुरु गरेको जनयुद्धको आज २९ वर्ष पुरा भएको छ । यसै अवसरमा माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रमको आयोजना गरेर बिहीबार जनयुद्ध दिवस मनाएको छ ।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
शान्ति प्रक्रियामा आयसँगै माओवादी पाटीमा टुटफुट चल्यो । अध्यक्ष प्रचण्डको नेतृत्वमा मुल पार्टी रहेपनि विभिन्न साना पार्टीमा विभक्त पूर्व माओवादी घटकहरुले पनि आज जनयुद्ध दिवस मनाउँदैछन् । यसै अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध सयौं युगसम्म प्रेरणको स्रोत बन्ने बताएका छन् ।