+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झडप

पाथीभरामा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप हुँदा दुई दर्जन बढी घाइते

जनवाच
२ महिना अगाडी

काठमाडौं । ताप्लेजुङको फुङलिङमा नो केबलकार समूह र प्रहरीबीच झडप हुँदा दुई दर्जन बढी घाइते भएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको तयारी हुँदैगर्दा स्थानीय ‘नो केबलकार समूह’ विरोधमा उत्रिदा प्रहरीबिच भएको झडप हो ।

आइतबार बिहानै सन्तुष्टपक्ष र प्रहरीबीच झडप हुँदा दुबै पक्षका करिब २५ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना र नो केबलकार समूहका ४ जना घाइते भएको जानकारी दिए । उनका अनुसार नो केबलकार समूहका घाइते ३ जनालाई नोबेल अस्पताल विराटनगरमा उपचारका लगिएको छ।

केही गम्भीर घाईतेहरुको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइने तयारी रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ