+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रवि लामिछाने भोलि फेरि अदालतमा हाजिर हुनेगरी परिवारको जिम्ममा छाडिए

जनवाच
२ महिना अगाडी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपनदेहीले भोलि फेरि हाजिर हुनेगरी परिवारको जिम्ममा छाडेको छ । रवि विरुद्धको थुनछेक बहसमा अझै पीडित पक्षबाट दुई जनाको बहस नसकिएकाले उनलाई भोलि अदाल बोलाइएको हो ।

बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ । तर पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ ।

रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोविन्द ज्ञवालीले सरकारी वकिलको बयान सकिएको बताए । उनले पीडित र रविका तर्फबाट भोलि बहस हुने बताए। योसँगै रवि लामिछाने भोलि अदालतमा हाजिर हुनेगरी परिवारको जिम्मा छाडिएका छन् ।

सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको बहसमा उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ