काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिको कार्यभार ग्रहण गरेकोमा समकक्षी डोनाल्ड ट्रम्पलाई बधाईसहित सफलताको शुभकामना दिएका छन् । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा ट्रम्पले कार्यभार ग्रहण गरे लगत्तै पौडेलले ट्विटरमार्फत बधाई तथा शुभकामना प्रदान गरेका हुन् ।
यसै अवसरमा राष्ट्रपति पौडेलले अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध अझ बलियो हुने विश्वास समेत व्यक्त गरेका छन् ।