+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्माण व्यवसायीको भुक्तानी

निर्माण व्यवसायीलाई अर्थमन्त्रीको चेतावनी– २२ अर्ब भूक्तानी दिइसके, आयकर र भ्याटको दायित्व नभुल्नुहोला

जनवाच
३ महिना अगाडी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीलाई चेतावनी दिएका छन् । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उनले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्बभन्दा बढी रुपियाँ भुक्तानी भइसकेको जानकारी र्दिएका हुन् ।

पौडेलले भने, ‘भुक्तानीयोग्य रकमको भुक्तानी प्रक्रिया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुनअनुसार चल्नुपर्छ । भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरुले सरकारलाई बुझाउनुपर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन ।’

अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले सरकारको दायित्वअन्तर्गत निर्माण व्यवसायीलाई कुल २८ अर्ब ८९ करोड रुपियाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा अब करिव छ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रक्रियामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ