+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

जनवाच
४ महिना अगाडी

काठमाडौं। माछापुच्छ्रे बैंकले तेस्रो पटक ठूलो संख्यामा संस्थापक शेयर बिक्री गर्न लागेको छ । बैंकले विभिन्न शेयरधनीको नाममा रहेको कुल १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आजका मितिले ७ दिनभित्र आवश्यक कागजातसहित माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा बाघदरबारस्थित जेडिए कम्प्लेसको तेस्रो तल्लामा आफूले किन्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

बैंकले उक्त शेयर बिक्रीका लागि तेस्रोपटक सूचना प्रकाशित गरेको हो । तोकिएको समयमा खरिद निवेदन नपरेपछि पुनः शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ