काठमाडौं । बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजारमा आलुको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतिकिलो ८० रुपैयाँ रहेको स्वदेशी रातो आलु आज ७० रुपैयाँमा झरेको हो । भारतीय रातो आलु पनि प्रतिकिलो ७० रुपैयाँ नै कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
तर आज प्याजको भाउ भने स्थिर रहेको छ । प्रतिकिलो अधिकतम ११० रुपैयाँमा प्याजको कारोबार भइरहेको समितिले जनाएको छ । समितिका अनुसार स्थानीय काउली १२०, लाम्चो भन्टा ६०, डल्लो भन्टा ७०, तने बोडी १६०, मकैबोडी ७०, घिउ सिमी १२५ रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको छ ।
पछिल्लो समय साग पनि सस्तिएको छ । एक साताअघि १ सय रुपैयाँ प्रतिकिलो रहेको रायो साग अहिले ६० रुपैयाँमा झरेको छ । त्यस्तै पालुंगो साग १००, चमसुरको साग १२०, तोरीको साग ६० रुपैयाँ प्रतिकिलो छ ।
यसैगरी लौका १००, परवर १००, घिरौंला ८०, तिते करेला १००, भिन्डी १४०, बरेला ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कन्य च्याउ २२०, डल्ले च्याउ ३५० तथा कुरिलो प्रतिकिलो १२०० रुपैयाँ रहेको समितिले जानकारी दिएको छ ।