+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आगलागी

बालकुमारीको एक घरमा मध्यराति विद्युत सर्ट भएर आगलागी हुँदा तीन वटा पसल सखाप

जनवाच
४ महिना अगाडी

काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो ।

आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्नुभएको ‘डगेरा फार्मेसी’ जलेको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिए ।

यसैगरी, आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल ध्वस्त भएको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’मा पनि आगोले क्षति गरेको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । आगो निभाउन काठमाडौंका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ