+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्दिरको भेटी

बागलुङ कालिका मन्दिरमा कात्तिकमा उठ्यो ३५ लाख भेटी

जनवाच
५ महिना अगाडी

काठमाडौं । गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा कात्तिकमा ३५ लाख भेटी संकलन भएको छ । तथापि, यो अघिल्लो महिनाको तुलनामा १० लाख कम भेटी संकलन भएको हो ।

दसैं समेत रहेको असोज महिनामा कालिका मन्दिरमा ४५ लाख २७ हजार रुपैयाँ भेटी संकलन भएको थियो । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङले मासिक रुपमा हिसाब किताब सार्वजनिक गर्दै आएको छ । जसअन्तर्गत कात्तिकमा ३५ लाख भेटी र अन्य आम्दानी भएको र १६ लाख रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

‘अघिल्लो महिना दसैँको समय भएकाले १० लाख भेटी बढी संकलन भएको थियो,। कात्तिकमा धार्मिक पर्यटकले मन्दिर भरिभराउ भएको थियो,’ खड्काले भने, ‘मन्दिरको मुख्य आम्दानीको स्रोत भेटी हो, अन्य घरभाडा लगायतको आम्दानी हुन्छ । आम्दानीबाट मन्दिरले तलब भत्तासहित पूर्वाधारमा लगानी गर्दै आएको छ ।’

‘कात्तिकमा ३५ लाख तीन हजार तीन सय ३२ रुपैयाँ आम्दानी भएको र १६ लाख १५ हजार रुपैयाँ खर्च भएको छ भने रु १८ लाख ८८ हजार तीन सय ३२ बचत भएको छ’ खड्काले भने ।

आम्दानीमा भक्तजनले समर्पण गरेको भेटीबाट २२ लाख ३५ हजार पाँच सय ८५ ,रुपैयाँ, चामल बिक्रीबाट ८० हजार पाँच सय रुपैयाँ, बोकाबाट ६१ हजार सात सय ५० रुपैयाँ, कुखुराबाट चार हजार आठ सय रुपैयाँ, राँगोबाट एक हजार आठ सय रुपैयाँ, सटर भाडा तीन लाख १४ हजार पाँच सय ४० रुपैयाँ, विवाहबाट एक हजार रुपैयाँ, आर्थिक सहयोगबाट एक लाख २० हजार सात सय सात रुपैयाँ, परेवा बिक्रीबाट छ लाख ७० हजार सात सय ५० रुपैयाँ, व्रतबन्धबाट छ सय रुपैयाँ, पण्डितबाट ११ हजार चार सय आम्दानी भएको अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ