+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्वजनिक ऋण

सरकारको ऋण २५ खर्ब नाघ्यो, बजेट खर्चको दायित्व ऋण भूक्तानीमा पर्ने

जनवाच
५ महिना अगाडी

काठमाडौं । सरकारको ऋण (सार्वजनिक ऋण) २५ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म भुक्तान बाँकी बक्यौता ऋणको आकार २५ खर्ब १८ अर्ब ५ करोड रुपियाँ पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको रिपोर्ट अनुसार पछिल्लो चार महिनामा ८३ अर्ब ९६ करोड रुपियाँ ऋण थपिएको छ । २०८१ असार मसान्तसम्म मुलुकले भूक्तान गर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपियाँ रहेको थियो । तथापि, समीक्षा अवधिमा ८६ अर्ब ३१ करोड रुपियाँ ऋण बापतको सावाँ ब्याज भूक्तान गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

हाल कायम कूल सार्वजनिक ऋण मध्ये आन्तरिकतर्फ १२ खर्ब ५२ अर्ब १६ करोड रुपियाँ रहेको छ भने बाह्यतर्फ १२ खर्ब ६५ अर्ब ८९ करोड रुपियाँ भूक्तानी दायित्व रहेको छ । कूल ऋणमध्ये आन्तरिक र बाह्यको हिस्सा ४९.७३ प्रतिशत र ५०।२७ प्रतिशतको रहेको छ ।

कूल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा भने क्रमशः २१.९५ प्रतिशत र २२.१९ प्रतिशत रहेकोमा कूल सार्वजनिक ऋणको हिस्सा ४४.१४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ