+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल हाइड्रोपावर कम्पनीले डाक्यो एकसाथ दुई आर्थिक वर्षको साधारण सभा

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले एकसाथ दुई आर्थिक वर्षको वर्षको साधारणसभा डाकेको छ । कम्पनीको यहीँ मंसिर २८ गते २७औं र २८ औं साधारण सभा डाकेको हो ।
कम्पनीका अनुसार बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजे शुरू हुनेछ ।

सभाले अघिल्ला दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । तथापि, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । यसले लगानीकर्तालाई निराश बनाएको छ ।
गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।

विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र रिक्त पदमा २ जना सञ्चालक नियुक्ति गर्ने एजेण्डा पनि सभामा लगिनेछ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ